जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ।
टिप्परको ठक्करबाट एक युवकको मृत्युभएपछि दिनभर तनावग्रस्त बनेकाे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साँझ साढे ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको जनाएको छ।
सूचना आदेशमा उग्ररुप लिन थालेपछि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको पाँच सय दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको उल्लेख छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले माेटरसाइकललाइ ठक्करबाट कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको ज्यान गएको थियो। दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले दिनभर सडक अवरूद्द गरेर प्रदर्शन गरेका थिए ।