प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट झण्डै ३१ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट सो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स नियन्त्रणमा एिसंगै एम्बुलेन्स चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनीलाई प्रहरीले पक्राउ गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।