अफ्रिकन मुलुकका जाम्बियाका प्रथम रास्ट्रपति केनेथ काउन्डासंग एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले भेटघाट गरेका छन्।
रास्ट्रपति केनेथको निवास लुसाकामा भएको भेटमा संयोजक थापाले नेपालको बारेमा संक्षिप्त जानकारी गराएका थिए। उनले नेपालको बर्तमान प्रगति र अफ्रिका नेपाल सम्बन्धका बारेमा पनि जानकारी गराएका थिए।
भेटका क्रममा अफ्रिकामा रहेका नेपाली र तिनका लगानी तथा दुई देशको पर्यटन र लगानी अबसरका बारेमा कुराकानी भएको थियो। केनेथको नेतृत्वमा जाम्बिया स्वतन्त्र भए लगत्तै सन् १९६४ देखि १९९१ सम्म उनी जाम्बियाका रास्ट्रपति रहेका थिए।