धादिङको निलकण्ठ नगरपालिका-८ मा भएकाे मिनी ट्रक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।मृतकको सनाखत भएको छैन ।
धादिङको ज्वालामुखी गाउँपालिका- ४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटनामा परेकाे हो ।