धादिङमा एक दम्पतीले दुई बच्चासहित बिहिबार साँझ झोलुंगे पुलबाट त्रिशूली नदीमा हाम फालेका छन्।
बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेस्थित झोलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
उनीहरु आफ्ना २ वर्षीय र ६ महिने छोरासहित नदीमा हाम फालेका हुन्। चन्द्रागिरी नगरपालिका ५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका विनय लामिछाने र उनकी श्रीमती जमुना बच्चासहित त्रिशुलीमा हाम फालेका हुन्। हाम फालेका श्रीमानको भने उद्धार टोलीबाट उद्धार गरिएको बताइएको छ।
श्रीमति जमुनाको शब फेला परेको छ भने दुई बालकको खोजी गरिएको भए पनि राति भएका कारण शुक्रबार बिहान पुनः खोजी गरिने प्रहरीेले जनाएको छ।