३० वर्षीया श्रीमती कान्छी सुवेदी(कुमाल)लाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–१ बस्ने सितापुर घर भएका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण उनले आफ्नै श्रीमतीलाई ह्याम्मर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।