जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रहरीले अदालतमार्फत थप दिन दिनको म्याद आज (शुक्रबार) थपेको हो ।
प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । तर अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद थपेको छ । म्याद थपपछि गिरीलाई पुन: अस्पतालै पुर्याइएको छ । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई १६ मंसिरमा ४ दिन र मंसिर २० गते ७ दिनका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान गरेको थियो । आफ्नै महिला अनुयायीले कात्तिक ४ गते बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई १६ मंसिरमा पक्राउ गरेको थियो ।