सुर्खेतको भेरीगंगा नगरपालिका २, मालनेटाबाट बाबुको हत्या आशंकामा आमा-छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बीसीको हत्या आशंकामा उनकी पत्नी सुमित्रा र छोरा कमललाई मंगलबार साँझ पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक नीरोज चौलागाईँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटोनजिक सोमबार फेला परेको जानकारी दिए । ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो ।’