विराटनगर महानगरपालिका–२ मा आइतबार विहान ग्यास लिक भएर आगलागी हुुँदा एकजनाको मृत्युु भएको छ।
ग्यास सिलिण्डरवाट अचानक ग्यास लिक भई आगलागी हुुँदा ७५ वर्षीय जयप्रसाद दाहालको मृत्युु भएको मोरङ प्रहरीले जनाएको छ।
पहिले नै ग्यास लिक भइरहेको अवस्थामा खाना पकाउन ग्यास वाल्ने क्रममा ग्यास फैलिएर आगलागी हुँदा दाहालको जलेर मृत्युु भएको हुन सक्ने प्रहरीको भनाई छ।