सिंघिया खोलाको सफाई अभियान हामी सवैको शान भन्ने मुल नागराकासाथ सिंघीयाखोला सफाई अभियान शुरु भएको छ।
प्रदेश नं १ को समाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका तथा कटहरी तथा जहदा र वुढीगंगा गाउँपालिकाको सहकार्यमा विराटनगरस्थित सिंघियाखोलामा शनिबारदेखि सफाई अभियान शुरु गरिएको हो। विराटनगर–१ स्थित घिनाघाटवाट समाजिक विकासमन्त्री जीवन घिमिरे तथा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले खोलाको सरसफाई गर्दै सयुक्त रुपमा अभियानको शुभारम्भ गरेकाा हुन्।
पहिलो चरणमा घिनाघाटदेखि जहदा गाउँपालिकाको भातीगछ पुलसम्मको १० किलोमिटर क्षेत्रमा खोला सफाई हुने छ। हरेक १५ दिनमा यो अभियान संचालन हुने र खोला पुर्णरुपमा सफा नभएसम्म अभियान निरन्तर संचालन हुुने जनाइएको छ। अभियानको शुभारम्भ गर्दै मन्त्री घिमिरेले अभियानमा सहभागी हन सवैलाई आग्रह गरे।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरसफाई अभियानसंगै तटीय क्षेत्रमा वसोवास गर्ने सुकुम्वासी परिवारलाई महानगरपालिकाले सुरक्षित र उचित स्थानमा घर वनाउने काम समेत शुरु गरेको जानकारी गराए।
प्रदेश सरकार र महानगरपालिकाले सिघिया नदी व्यवस्थाका लागि दीर्घकालिन योजना वनाउन लागेको समेत कार्यक्रममा जानकारी गराइएको थियो। खोलावाट निस्केको फोहरलाई डम्पिङ साइडमा लगेर व्यवस्थापन गरिने महानगरपालिकाले जनाइएको छ।
विराटनगर महानगरपालिका, कटहरी तथा वुढीगंगा साथै जहदा गाउँपालिकासंग जोडिएको सिंघिया नदीमा अभियान संचालन हुनेछ। त्यसका लागि महानगरपालिका र गाउँपालिकामा वडा समिति गठन गरिएको छ। अभियानमा गाउँपालिकाका प्रमुुख उपप्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, विभिन्न राजनीतिक तथा संघसंस्था, समाजिक अभियान्ता, सरकारी कर्मचारी युवा, विद्र्याथी, महिला लगायतको सहभागिता रहेको थियो।