जुम्लाको चन्दननाथ नगरपालिका २, कालेखोलीमा रहेको स्थानीय विष्णु भण्डारीको घरमा आगलागी भएको छ।
आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, चन्दननाथ नगरपालिकाको दमकल, प्रहरी, सेना जुटेका छन्। आगलागीको कारण पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको लत्ताकपडा, अन्न, भाँडाकुँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।