बलात्कारको अभियोग लागेका अनेरास्ववियु केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
उक्त मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाएको हो। सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सात देखि १० वर्षसम्म कैद सजाय माग गरेको छ।
राईले गत कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो। काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको थियो। पीडितले उजुरी गरेपछि राई पक्राउ परेका थिए। उनी आर आर क्याम्पस स्ववियु सहसचिवसमेत हुन्।
बलात्कार आरोप लागेपछि उनी दुवै पदबाट निलम्बित छन्।