बैतडीमा वडाध्यक्ष मृत भेटिएका छन् । पञ्चेश्वर गाउँपालिका ४ का अध्यक्ष राजबहादुर चन्द आमचौरा भन्ने स्थानमा बुधबार बिहान मृत भेटिएका हुन् ।
उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार पञ्चेश्वरमा लागेको मेलाबाट चन्द घर फर्किंदै थिए ।
रातिको समयमा ५० वर्षीय चन्द चिप्लिएर लडेको र ज्यान गएको हुन स्थानीयले प्रारम्भिक अनुमान गरेका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका हुन् ।