प्यूठानको स्वर्गद्धारी नगरपालिका ४, कोलवाङ भीरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जान लागेको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेको परिचय खुलेको छैन ।
जिप कोलवाङबाट करिब ४ सय मिटर तल खसेको छ । घाइतेको प्राथमिक स्वास्थ्य चौकी भिंग्रीमा उपचार भइरहेको छ । चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।