डा. गोविन्द केसीले ९ दिनपछि अनशन तोडेका छन् ।डा. केसीले बालक श्रीयान्स जैरूकाे हातबाट जुस पिएर अनसन ताेडेका हुन् ।उनले आफ्नो भूमि भारतले अतिक्रमण गरेकाले सरकारलाई सघाउनका लागि अनसन तोडेको बताएका छन् ।
चिकित्सा शिक्षा ऐन संशोधनसहितका सातबुँदे माग अघि सारेर डा केसीले कात्तिक १७ गते डडेलधुरामा गएर अनशन सुरू गरेका थिए।अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि अहिले जिल्ला अस्पताल भर्ना गरिएको छ ।
सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पटकपटक सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका थिए। नवौं दिनमा आइपुग्दा डा केसीको स्वास्थ्य अवस्थामा अत्यन्तै नाजुक भएको थियाे । सोमबार डा केसीलाई उद्धार गरी काठमाडाैं ल्याउनका लागि गएकाे सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो।