अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा मंगलबार बिहान भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना सख्त घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर ८ का मोटरसाइकल चालक कृष्ण दाहाल रहेको प्रहरीले जनाएको छ । उनको अहिले भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको छ ।
बनेपा नगरपालिका १०, जनागामा आज बिहान बा.३ख ७०८७ नम्बरको टिपर र बा.१०च २१५४ नम्बरको बोलेरोले अनटेस्ट मोटरसाइकललाई च्यापिँदिएको थियो ।
मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार भक्तपुर नगरपालिका ९, च्यामासिङमा रहेको बागेश्वरी कलेजमा अध्ययनरत २० वर्षीय विमल कुटुजू रहेको प्रहरीले जनाएको छ ।