आफूलाई अघोरी बाबा बताउँनेसँग विवाह गर्ने शारदा पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई ठगी गरेको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेकाे हाे।
आइतबार बौद्ध प्रहरीमा एक महिलाले अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेविरुद्ध उजुरी गरेकी थिइन्। पाण्डेले अघोरी बाबासँग केही महिनाअघि बिहे गरेकी थिइन्। पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा पनि प्रहरी चौकी पुगेका थिए।