गैरआवासीय नेपाली संघ( एनआरएनए) नाइजेरियाले अर्धाखाँची , शितगङ्गा - ५ का नारायण प्रसाद न्यौपानेकाे उपचारका लागि आर्थिक सहयोग जुटाएकाे छ।
एनआरएनएले विभिन्न व्यक्तिबाट रु ७१हजार १६० सहयोग जुटाएको हाे । एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले उक्त रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिए ।
साथै उनले साे रकम जुटाउन सहयोग गर्ने हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल , संजय थापा , शंकर बर्मा , बिरेन्द्र गुप्ता , प्रकाश सिङ्ग्डेन , अभिषेक मान सिंह , सोमेश अर्याल , भरत रिजाल , सुशान्त गिरी , रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन ।
ब्लड क्यान्सरबाट पीडित न्याैपानकाे हाल काठमाडौंकाे मिन भवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेकाे छ ।