काठमाडौंको चोभारबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन्।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार उनीहरुको साथबाट ‘मेड इन युएस’ लेखिएको एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ।
एसएसपी थापाका अनुसार पक्राउ परेकाहरु पेस्तोल देखाएर लुटपाटमा संलग्न गिरोहका सदस्य रहेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ।