सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।
मुटुरोग विशेषज्ञ डा. कोइराला यसअघि शहीद गंगालाल हृदय केन्द्रका निर्देशक र शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक भएका थिए।