कपिलबस्तुमा बसको ठक्करबाट शनिबार बिहान बालकको मृत्यु भएको छ। जिल्लाको वाणगंगा नगरपालिका ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको हो।
स्थानिय राजेश थारुका डेढ बर्षीय छोरा टोपेन्दर थारुको ज्यान गएको छ। थारुलाई लु १ ख ८४७७ नं को बस झण्डास्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवातर्फ जाने क्रममा ठक्कर दिंदा खेलिरहेका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ। ठक्करदिने बस मृतक थारुको काकाको हो।