इलाका मालपोत कार्यालय लेखनाथका खरिदार र लेखापढी व्यवसायी घुस लेनदेन गरेकै बेला अख्तियारको नियन्त्रणमा परेका छन् ।
खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले १२ हजार रुपैयाँ घुसहित आइतबार पक्राउ परेको अतिख्यार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयलले जनाएको छ ।
पैत्रिक सम्पत्ति नामसारी गर्न कर्मचारीले २ दिनदेखि आनाकानी गरेको र पैसा दिने भनेपछि काम गर्न तयार रहेको सूचनाका आधारमा अख्तियारको टोली लेखनाथ पुगेको थियो । पक्राउ परेका दुवैजना अहिले अख्तियारको पोखरास्थित हिरासतमै रहेको र उनीहरुको स्वास्थ्य परीक्षणपछि काठमाडौं पठाइने भएको छ ।