Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 16, 2021 | शनिबार, माघ ३, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
सुदूरपश्चिम प्रदेश प्रमुखका कारण आफ्नै जग्गा किन्दै किसान!
स्पेसखबर
स्पेसखबर काठमाडौं, ३ कात्तिक
सुदूरपश्चिम प्रदेश प्रमुखका कारण आफ्नै जग्गा किन्दै किसान!

सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले लालपुर्जा राखी लिएको ऋण नतिरिदिएपछि कैलालीका ४० जना किसानले दोब्बर रकम तिरेर आफ्नो जग्गा फुकुवा गराउन थालेका छन्। साढे तीन दशकअघि आफूहरूको लालपुर्जा नेपाल बैंकमा धितो राखी मल्लले ऋण लिएर नतिरेपछि रोक्का रहेको जग्गा फुकाउन उनीहरूले सुरु गरेका हुन्।

मल्लले आर्थिक वर्ष ०४१/४२ सालमा ललाइफकाइ र केहीलाई दबाबमा पारी ५२ जना किसानको लालपुर्जा लिई धितो राखेर बैंकबाट ऋण लिएका थिए। त्यतिबेला अरूको जग्गा धितो राखेर ऋण लिन पाइन्थ्यो। यसलाई तेस्रो पक्ष धितो भनिन्छ। अहिले त्यो व्यवस्था राष्ट्र बैंकले खारेज गरिसकेको छ। मल्लले ऋण नतिरेपछि २०४७ देखि उनी र उनका भाइ मदनबहादुरलाई बैंकले कालोसूचीमा राखेको छ।

जग्गा भोगचलन गर्न पाए पनि किसानले किनबेच, अंशबन्डा र बैंकिङ कारोबार गर्न पाएका छैनन्। ऋणी मल्ललाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरेपछि बैंकमा दृष्टिबन्धक रहेको रकमको दोब्बर तिरेर जग्गा फुकुवा गर्न थालेको किसानले बताएका छन्। ‘मल्ल परिवारले किसानलाई धोका दिएको छ,’ जग्गा लिलाम फुकुवा समितिका उपाध्यक्ष एवं किसान सत्यनारायण रानाले भने, ‘हामी आफैं सक्रिय भएर लाग्यौं। बैंकले छिट्ट्रै लालपुर्जा फिर्ता गर्दै छ।’ बाजे पुस्ताबाट धितोमा लिएको जग्गा अहिले नाति पुस्ताले फुकुवा गरिरहेको रानाले बताए। ‘आफ्नै जग्गा फुकुवा हुँदा पनि किसान निकै खुसी छन्,’ उनले भने। रानाका अनुसार ५२ जना किसानको साढे १ बिघादेखि २२ बिघासम्म जग्गा बैंकमा रोक्का रहेको छ।

जग्गा बैंकमा रोक्का हुँदा अंशबन्डा गर्न नपाएको अर्का किसान राम किसुन चौधरीले बताए। ‘घरमा दाजुभाइ छुट्टिएका छौं, तर कानुनी रूपमा अंशबन्डा भएको छैन,’ उनले भने, ‘धेरैको यही अवस्था छ, किनबेच र बैंकिङ कारोबार गर्नबाट पनि किसान वञ्चित छन्। अब जग्गामाथि किसानको पूर्ण भोगचलन हुने भयो।’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ऋणी मल्ल परिवारबाट ऋण असुली नभइरहेका बेला तेस्रो पक्षले दृष्टि बन्धकको दोब्बर तिर्न तयार भएपछि जग्गा फुकुवा प्रक्रिया अघि बढेको बताए। ‘केही किसानबाट जग्गा फुकुवाका लागि रकम भुक्तानीसहित आवेदन आएको छ,’ उनले भने, ‘प्रक्रिया अघि बढाएका छौं, छिट्टै लालपुर्जा फिर्ता गर्छौं।’

यसका लागि बैंकले ऋण असुली न्यायाधिकरणबाट ती किसानको लगत कट्टी गरी मुद्दा फिर्ता गर्न आवेदन दिएको छ। यसअघि ऋण असुलीका लागि बैंकले न्यायाधिकरणमा मुद्दा दिएको थियो। लगत कट्टी गरी आवेदन फिर्ता गर्ने फैसला न्यायाधिकरणले गत बिहीबार गरिसकेको सूचना अधिकारी महेश्वर अर्यालले बताए। ‘बैंकको आग्रह, सर्वोच्च अदालतको नजिर र राष्ट्र बैंकको निर्देशनका आधारमा आंशिक लगत कट्टा गर्ने निर्णय भएको छ,’ अर्यालले भने। मल्ल समूहले भजनी राइस मिल, मनुवा राइस मिल, दुष्यन्त राइस मिल र मालिका ट्रेड सेन्टरका नाममा ऋण लिएको हो। सशस्त्र द्वन्द्वका कारण उद्योगहरू बन्द गर्न‘परेकाले ऋण तिर्न नसकिएको मल्ल समूहले बताउँदै आएको छ। यो समूहले त्यतिबेला करिब १७ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो। उनीहरूले करिब तीन दशकदेखि साँवाब्याज तिरेका छैनन्। बैंकको नियमअनुसार ब्याज पनि साँवामा पुँजीकरण गर्दा यो समूहले तिर्न‘पर्ने रकम करिब ४० करोड रुपैयाँ पुग्ने स्रोतले बताएको छ। तर बैंक जसरी भए पनि ऋण असुलीको पक्षमा रहेकाले ५/७ करोड रुपैयाँ भुक्तानी गरे बाँकी रकम छुट दिने पक्षमा छ। यो प्रस्तावमा मल्ल समूह र बैंकबीच पटकपटक छलफल भए पनि टुंगोमा पुगेको थिएन।

विभिन्न कारणले लामो समय ऋण तिर्न नसकिए पनि अब ढिलाइ गर्ने पक्षमा नरहेको मदनबहादुर मल्लले बताए। ‘यो झमेला धेरै समय राख्ने पक्षमा छैनौं,’ उनले भने, ‘यसका लागि बैंकसँग एक/दुई दिनमा बैठक बस्दै छौं।’ आफूहरूले साँवाको दोब्बर तिरेर ऋण तिर्न चाहे पनि त्यसमा बैंक सहमत नभएकाले समस्या भएको उनले आरोप लगाए। ‘अब किसानको समस्या समाधान हुने भयो, बाँकी ऋण हामी चुक्ता गर्छौं,’ उनले थपे। कान्तिपुरमा खबर छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६, ०८:३७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
  • न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा कांग्रेस नेता पौडेल विश्वस्त
  • परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
  • भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
  • कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
२३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयाे
२३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयाे
झाँक्रीले ताताे फलामले डाम्दा एक जनाको ज्यान गयाे,दुई घाइते
झाँक्रीले ताताे फलामले डाम्दा एक जनाको ज्यान गयाे,दुई घाइते
माघे सङ्क्रान्ति पर्व मनाइँदै
माघे सङ्क्रान्ति पर्व मनाइँदै
बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको ज्यान गयाे
बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको ज्यान गयाे
  • ताजा समाचार
  • ट्रेण्डिङ
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा कांग्रेस नेता पौडेल विश्वस्त
न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा कांग्रेस नेता पौडेल विश्वस्त
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् -भारत भ्रमणले आपसी संवादको ढोका खाेल्याे
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
भारतले पाम आयलमा लगाएकाे प्रतिबन्धले नेपाली उद्योग धराशायी हुँदै
कांग्रेस सरकारमा जादैन:  महामन्त्री कोइराला
कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमै
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
बाबुराम भट्टराईको भविष्यबाणीः अबको प्रधानमन्त्री शेरबहादुर
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि 1
संसद् विघटन नभएकाे भए पनि कांग्रेस निर्वाचनको तयारीमा जुट्थ्याे : निधि
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन 2
उपसभापति निधि भन्छन् –कम्युनिष्टलाई सत्ता पचेन
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 3
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 4
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड 5
भारतीय च्यानलमा प्रधानमन्त्रीको नाटकीय अन्तर्बार्ताको पटाक्षेप भइसक्योः प्रचण्ड
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP