नेपाली क्रिकेट खेलाडीको टिमले आज एसिड आक्रमणमा परि उपचाररत मुस्कान खातुनलाई भेटर हौसला दिएका छन्।
टिमका प्रशिक्षक र खेलाडीहरुले कीर्तिपुर अस्पताल पुगी मुस्कानलाई भेटेका हुन्। प्रशिक्षक उमेश पटवाल, मंगलबारमात्र राजीनामा दिएका कप्तान पारस खड्का, सोमपाल कामी लगायतका खेलाडी उनको उपचार भइरहेको अस्पतालमा पुगेका थिए।
पारस खड्काले मुस्कानको हौसला बढाउँदै सधैभरि हाँसिरहन सुझाव दिए। उनले यस्तो जघन्य अपराध गर्नेहरुविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने धारणा राखे। अन्य खेलाडीहरुले पनि मुस्कानको स्वास्थ्य लाभको कामना गरेका थिए।
१५ वर्षीया मुस्कान गत भदौको तेस्रो साता विद्यालय जाँदै गर्दा एक समूहले एसिड आक्रमणमा परेकी थिइन्।