बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा गई नवदुर्गा भवानीको पूजा अर्चना गरेकी छन्।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन् । । राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गरेका थिए।
सो क्रममा राष्ट्रपति भण्डारीले मन्दिर प्राङ्गणमा नवदुर्गा नाचकाे समेत अवलोकन गरिन्। विगत वर्षमा राष्ट्रपतिले नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गरी फर्कने गरेकामा यस वर्ष भने नाचसमेत अवलोकन गराईएको हो ।