नेपालकाे दुईदिने राजकीय भ्रमणका क्रममा आज अपरान्ह काठमाडाैं आइपुगेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ सोल्टी होटल पुगेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी सिधै होटल पुगेका हुन्। आजकाे रात साेही होटलमा बिताउने चिनियाँ राष्ट्रपति सीले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै सोही होटलमा नै नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।चिनियाँ राष्ट्रपति बस्ने साे हाेटल झकिझकाउ पारिएको छ । दुइदिनका लागि त्यहाका पाहुनालाइ अन्य हाेटलमा सिफ्ट गरिएकाे छ।राष्ट्रपति सी बस्ने होटल सोल्टी होटल वरपर समेत सुरक्षा व्यवस्था कडा पारिएको छ ।