सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान हेलम्बु यातायातको बा.२ख २७१५ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ घाइतेको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । यस्तै चार घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेनाको हेलिकोप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
७० बढी यात्रु सवार बस दुर्घटनामा ४० बढी यात्रु घाइते भएका छन् । जसमध्ये ३० जनाको अवस्था जटिल छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याइएको छ ।
भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा भएको हो ।
दसैँ मनाएर फर्कंदै गरेका यात्रु भएकाले बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । सशस्त्र प्रहरी निरीक्षक नारायण उप्रेतीका अनुसार बस सडकबाट २ सय मिटर तल खसेको छ ।
घाइतेकाे उपचार हुँदै ।