नेत्रविक्रम चन्द विप्लव समूहले लुकाएर राखेको ठूलो परिमाणको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । झापाको अर्जुनधारा नगरपालिका १ बाट आइतबार साँझ विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाई एक्सप्लोसिभ) लगायत सामग्री बरामद भएको प्रहरी स्रोतको भनाइ छ । बिस्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बम बिस्फोटमा संलग्न विप्लव समूहकै झापा इन्चार्जसहित तीन जनालाई प्रहरीले केही समयअघि पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा प्रहरी टोलीले आइतबार राति ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको हो ।