पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किँदा मृत्यु भएका पाँचै जनाकाे सनाखत भएकाे छ।
मृत्युहुनेहरुमा नवलपरासी (पूर्व) देवचुली-१ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर रहेका छन्।
मृतकमध्ये कारका चालक को हुन् भन्ने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। उनीहरू किन र कहाँसम्मको यात्रामा निस्केका थिए भन्ने खुलेको छैन।
गएराति १०.१५ बजे खरकट्टा जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नंम्बरकाे कार एक आपसमा ठाेक्किंदा ५ जना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका थिए।