वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आइतबार बिहान २५ वर्षीय माधव रामको मृत्यु भएको छ ।
बिहान साढे ४ बजे शौचका लागि घरबाट बाहिर गएका बहोदरामाई ३ का माधव खेतमा बस्दै गरेका बेला चट्याङ लागेर सख्त घाइते भएका थिए । उपचारका लागि उनलाई वीरगन्जको नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।