जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई महासेनानी (कर्णेल) पदमा कार्यरत यमबहादुर अधिकारी सहायक रथीमा बढुवा भएका छन् ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो ।अधिकारीले ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरेका कारण विशेष पद सिर्जना गरेर बढुवा गरिएको हाे।अधिकारीको चारवर्षे पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने स्रोतले जनाएकाे छ ।
उनी नेपाली सेनामा उपसेनानीका रूपमा प्रवेश गरेका हुन् । अधिकारी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएकामध्ये सबभन्दा माथिल्लो दर्जामा पुग्ने व्यक्ति हुन् ।