सरकारले भिभिआइपीका लागि खरीद गरेको हेलिकोप्टर काठमाडौं अवतरण गरेको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको उडानका निम्ति करिब १ अर्ब ७० करोड रुपैयाँमा सरकारले याे हेलिकोप्टर इटालीको लियोनार्दो कम्पनीबाट खरिद गरेकाे हाे ।उक्त हेलिकोप्टर सेना मातहत नभइ नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत दर्ता हुनेछ।
यो ट्विन इन्जिन हेलिकोप्टर विश्वभर विशेषगरी भिआइपी, उद्दारलगायत प्रयोजनमा प्रयोग हुँदै आएको छ।यसको कलसाइन ‘नाइएन-पिएमए’ हुने छ।