विगत १९ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ पोखरामा सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाद्धारा उद्घाटन गरिएको कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो।
भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा एजेन्ट, एजेन्सी म्यानेजर, शाखा, उपशाखालगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ। यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो बिर्तामोड शाखाका वेदनारायण गोदारलाई १ लाख नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो।
त्यस्तै, ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो बुढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीलाई १ लाख नगदसहित सम्मान–पत्रप्रदान गरिएको थियो।
कर्मचारीतर्फ ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरियो।
नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृत झाका अनुसार नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तार आफूहरुको रणनीति भएको बताए।
हाल यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ४९ करोड भने लगानी रू. ७२ अर्ब रुपैयाँ छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ छ। १ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।