रेविजबाट लमजुङका एक बालकको मृत्यु भएको छ। मस्र्याङ्दी गाउँपालिका–३ खुदीका १२ बर्षका बालक सुदिप तामाङको रेविजका कारण मृत्यु भएको हो।
सदरमुकाम बेसीशहरको अर्थली अंग्रेजी माविमा कक्षा ५ मा अध्ययनरत बालकको उपचारका क्रममा आइतबार निधन भएको हो।
बेसीशहर नपा–८ मा बस्दै आएका तामाङलाई झण्डै डेढ महिना अघि कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि रेविज विरूद्ध भ्याक्सिन नलिएका कारण उनलाइ रेविजको संक्रमण भएको जिल्ला समुदाय अस्पतालले जनाएको छ ।
गत बिहीबार ज्वरो आउने र पेट दुख्ने भएपछि विद्यालयबाट विदा लिएर घर गएका उनलाई उपचारका लागि बेसीशहरस्थित सामुदायिक अस्पताल लगिएको थियो। उपचारका क्रममा रेविजको लक्षण देखिएपछि उनलाइ शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं लगिएको थियो । परीक्षण गर्दा उनलाइ रेविज लागेको पाइएको हो।