झापाका छुट्टाछुट्टै २ स्थानमा बम विस्फोट भएको छ ।
आइतबार राति भएको विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने बा.२झ २५७० नम्बरको स्कार्पियोमा क्षति पुगेको छ । यस्तै बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा बिस्फोट भएको प्रहरीले जनाएको छ ।
राति साढे १२ बजे भएको विस्फोटबाट गौरादह ३, धोबनिया चोकमा रहेको निवासअघि पार्किङ गरी राखिएको गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने स्कार्पियोमा क्षति पुगेको हो ।
त्यसअघि राति साढे ११ बजे बिर्तामोड २, चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा बम विस्फोट भएको थियो । भवनको भुइँ तलाको ढोकामा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । दुवै स्थानमा भएको विस्फोट कसले गराएको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।