नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् ।
शुक्रबार चितवन पुगेका महानिरीक्षक खनालले रविसँग भेट गर्दै अनुसन्धानमा सघाउन आग्रह गरे । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछाने,युवराज कँडेल र अस्मिता कार्की हाल अनुसन्धानका लागि चितवनकाे प्रहरी हिरासतमा रहेका छन् ।
दोस्रो पटक थपिएकाे पाँचदिनकाे म्याद आइतबार सकिदैछ । त्यसपछि पुन:म्याद थपका लागि तीनै जनालाइ जिल्ला अदालत चितवनमा उपस्थित गराउने भएको छ ।पुडासैनीको आत्महत्या प्रकरणलाई दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।पुडासैनी गत साउन २० चितवनकाे एक हाेटलमा गते मृत अवस्थामा फेला परेका थिए ।