पूर्व पश्चिम महेन्द्र राजमार्ग ठप्प भएकाे छ। ६ दिनअघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि डाइभर्सन बनाएर आवागमन खुलाइएको थियो।
पूर्वी नवलपरासीस्थित अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएपछि हिजाे साँझदेखि यातायात ठप्प भएको हाे । जसका कारण हजारौं यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र परेका छन्।
पुलमा क्षति भएपछि राजमार्ग खुलाउन बनाइएको अस्थायी डाइभर्सन बनाइएकाे थियाे । तर फेरि आएकाे वाढीले डाइभर्सन बगाएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।
बाढीले ह्युमपाइपमाथि राखिएको ग्राभेल बगाउँदा यातायात ठप्प भएको हो।पानीको सतह पूरै घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गर्ने डिभिजन सडक कार्यलय बुटवलले जनाएको छ।