यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
आज(आइतबार) बसेको मदन पुरस्कार गुठीको साधारण सभाले साे पुरस्कार उनीहरुलाई दिने निर्णय गरेको हो ।‘गुठीले मदन पुरस्कार २०७५’ का लागि २५७ कृति मध्येबाट सात कृति छनोट गरेको थियाे ।गुठीका अध्यक्ष कुन्द दीक्षितले प्रेस विज्ञप्ति मार्फत उक्त कुराको जानकारी सार्वजनिक गरेका हुन्।