माउन्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणकाे निश्पक्ष छानविन गर्न माग गर्दै चितवनमा प्रदर्शन भएकाे छ।
नारायणगढको एक होटलमा मृत भेटिएका पत्रकार पुडासैनीको न्यायका लागि भन्दै चितवनको चौविसकोठीमा आज विहान चितवमा प्रर्दशन भएको हाे।
आरोपीहरुलाई अदालतले हिजोमात्र म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनीहरुले प्रर्दशन गरेका थिए। प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको छ।
प्रर्दशनकारीहरुले बोकेको प्ले कार्डमा 'निष्पक्ष छानविन गर्न देउ','अपराधलाई राजनितिकरण नगरौं','पुडासैनीले न्याय पाउनैपर्छ' लगाएतका नाराहरु लेखिएका थिए। 'स्वतन्त्र युवा समूह'को नामबाट गरिएको प्रर्दशनमा दर्जनौ युवाहरु सहभागी रहेका थिए।
यसअघि पत्रकार रवि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो। झडपमा पाँच जना प्रहरी घाइते छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।
प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ। उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ।