सप्तरीको राजविराजस्थित कारागारमा ज्यान मुद्दा उद्योगमा कैदी जीवन बिताइरहेका एकजना कैदीको आज साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिरहुत गाउँपालिका–५ लोहजरा निवासी ७९ वर्षीय रवि मरिक रहेका जेलर सत्यनारायण यादवले जानकारी दिए । ब्लड प्रेसरबाटपीडित रहेका मरिक अचानक बिरामी परेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको उनले बताए । कारागारका जेलर यादवका अनुसार मरिकलाई ज्यान मुद्दामा जिल्ला अदालतले दुई वर्ष पाँच महीना कैद तोकेको थियो ।
सोही कैदभुक्तान गर्नका लागि उनी विसं २०७५ असार ६ गते कारगारमा आफै हाजरी भएका थिए । कारागारमा १२५ जना कैदीबन्दीको क्षमता रहेकामा अहिले १८ जना बालबालिका, महिलासहित ३५० कैदीबन्दी रहेका कारागारले जनाएको छ ।