कपिलबस्तुमा हर्ष उललासका साथ बकर इद मनाईएको छ । जिल्लामा मुस्लिम समुदायले आफ्नो दोश्रो ठूलो चाड (ईद उल अजहा) बकर इद हर्ष उल्लाससाथ कपिलवस्तु लगायत मुलुक भर धुमधाम संग मनाईएको छ ।
कपिलवस्तु नगरपालिका १ स्थित ईदगाह स्थित इमाम अहमद बिन हम्मल मस्जिद सहित जिल्लाको कृष्णनगर, चन्द्रौटा, अभिराव, पकडी र डुमरा लगायतका स्थानमामा सामुहिक नबाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गर्दै सो पर्व मनाईएको हो । कतिपय ढाका टाेली लगाएरै प्रार्थना गर्न पुगेकाे समेत देखियाे ।
इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाले सामुहिक नवाज पढेका छन् । महिलाहरुलाई पर्दा लगाएर छुटटै नवाज पढने व्यवस्था गरिएकोले महिलाहरु बालबालिका सहित नवाज पढन मस्जिदमा पुगेका थिए ।
यो पर्वमा खसी, रागा लगायतका पशुहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाईने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने ईल उल अजहा मुस्लिम समुदायले शनिवार देखि तिन दिन सम्म मनाउने गर्दछन् ।
आफ्ना अनुयायी हजरत ईब्राहीम अलहीस सलामलाई अल्लहाले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेशानुसार उनले आफनो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्शिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा यो पर्व मनाईन्छ र खसी, रागा लगागतका पशुको कुर्वानी दिईन्छ । कुर्वानी गरिएको पशुको मासुको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको छ ।
बकरईदका अवसरमा सांसद बृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, नेपाली कांग्रेसकाका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय लगायतले मुस्लिम समुदायसंग भेटघाट गरी शुभकामना आदन प्रदान गरेका छन् ।