भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशैंसम्म लालपूर्जा दिने बताएकी छन् ।
लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग आज भेटघाट गर्दै मन्त्री अर्यालले दशैँसम्म सबैलाई लालपुर्जा दिएर दशैँ खुशी साथ मनाउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताइन् ।
अव्यवस्थित जग्गाको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले काम गरिरहेको भन्दै मन्त्री अर्यालले उक्त काम सकिने बित्तिकै भूमिहीनलाई लालपुर्जा वितरण गरिने बताइन् ।