हुम्लाका दुईजना किशोरी साउन १५ देखि सम्पर्कविहीन भएका छन्। सर्केगाड गाउँपालिका ७, रोडिकोटका टंकप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका ७, डाँडाफयाको पाम्लाथुङ गाउँकी लक्षुकै साथी संगीता शाही घरबाटै सम्पर्कविहीन भएका हुन् ।
लक्षुका भने रातो गहुँगोरो अनुहार कि छिन् । उनको दाहिने आँखामुनि खत छ । उनी कोट माविमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
संगीता पनि सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन् । -रासस