कपिलवस्तुको शिवराज नगरपालिका ७, जवाभारीमा भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीया मिनी नाऊको मृत्यु भएको छ ।
सोमबार बिहान पौने ११ बजे भएको दुर्घटनामा सख्त घाइते मिनीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रौटातर्फ जाँदे गरेको यूपी ४७ आर ३५६८ नम्बरको मोटरसाइकलले मिनीलाई ठक्कर दिएको थियो ।
भारतीय नम्बरको मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय बहादुरगन्जले नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । मिनीको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्जमा लगिएको छ ।