धनुषामा लागूऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका ५ का ३६ वर्षीय लक्ष्मण महतो, १७ वर्षीय राम किशोर महतो र वडा ३ का २२ वर्षीय चन्द्रदेवप्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ।
दक्षिणी सीमावर्ती नाका नगाराइन नगरपालिका २, जटहीमा बुधबार राति सशस्त्र प्रहरीले शंका लागेपछि चेकजाँच गर्ने क्रममा ३ युवकलाई लागूऔषधसहित पक्राउ गरेको हो। ज.९प ८३८७ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका तीनै जनालाई चेकजाँचका क्रममा २२ बोतल डाइलेक्स डि.सि., नाइट्राभेट टयाब्लेट र स्पासमो लागूऔषध फेला परेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टका प्रहरी निरीक्षक मनोज खड्काले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए।