काठमाडौंबाट चितवन खोलेसिमल जाँदै गरेको माइक्रोबस धादिङ आज बिहान महेश खोलामा १२ जना घाइते भएका छन्।
भैरहवा जाँदै गरेको लु२ख २१३४ नम्बरको बसले ठक्कर दिँदा ठक्कर बा५ख ३१५१ नम्बरको माइक्रो बस बिहान ७.५५ मा धादिङको थाक्रे १ स्थित खयरघारीमा करिब ३० मिटर तल झरेको थियो ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ ।
प्रहरीका अनुसार दुघर्टनामा परेको माइक्रोबसलाई क्रेन लगाएर निकालिएको थियो ।