काठमाडौंको केन्द्रभागमा रहेको टेकुस्थीत महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारहरुले आगजनी गरेका छन् ।
पचली भैरव गुठीको जग्गामा विद्यालयले अनाधिकृत रुपमा व्यापारिक भवन निमार्ण गर्न थालेको भन्दै गुठीयारहरुले निर्माणाधिन भवनको सामाग्रीमा आगजनी गरेका हुन् । उनीहरुले भवनको पिल्लर समेत काटिदिएका छन् । गुठीयार र विद्यालयबीच जग्गा उपयोगका विषयमा लामो समयदेखि विवाद हुदै आएको थियो ।
जग्गा विवादबारे छलफल गर्न शनिबार बिहान आयोजित बैठकमा जनप्रतिनिधिको जवाफ गैरजिम्मेबार रहेको भन्दै आक्रोशित समूहले निमाणाधिन भवनमा आगजनी गरेको हो । बिद्यालयले गुठीको जग्गामा बिना सहमति र भवन निर्माण पास नगरिकन नै भवन निर्माण गर्न लागेकाले आफुहरुले त्यसलाई रोकेको स्थानीयको भनाई छ ।
यता विद्यालयका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठले भने उक्त जग्गामा मौखिक सहमतिका आधारमा भवन निर्माण सुरु गर्नलागिएको जानकारी दिनुभयो । उहाले जग्गा प्रयोग गरेवापत आफुहरु भाडा तिर्न समेत तयार हुन पनि स्थानीयहरुले संरचना नै नष्ट गरिदिएको गुनाासो गरे ।
काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण पाधिकरणको बजेटमा विद्यालयले भवन बनाइरहेको थियो । स्थानीयले उक्त निर्माणाधिन भवनको संरचनामाथि आगजनी गरेपछि प्रहरीले उक्त स्थान खालि गराएको थियो ।