धनगढीमा भएको बम विस्फोटमा सख्त घाइते बझाङका राम सिंहको मृत्यु भएको छ । सिंहको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाको सहिद गेटनजिकै रहेको नीलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा सिंहसहित ५ जना घाइते भएका थिए ।
उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा परि घाइते कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव, होटेल सञ्चालक केशवराज पाण्डेय र ठेगाना नखुलेका मोबिन खानको उपचार भइरहेको छ ।