गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको ती विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणीकरण गरेका हुन् ।
गण्डकी प्रदेश सभाको असार २० गते बसेको बैठकले पारित गरेको विधेयकलाई प्रदेश सभा सचिवलायले असार २६ गते प्रमाणीकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
दुवै विधेयक नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख नेत्रनाथ अधिकारीले असार २० गते नै प्रमाणित गरेका थिए । नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेस गर्नुपर्ने प्रावधान छ ।