लगातारको बर्षाका कारण यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा अबतरण गर्ने क्रममा चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ।
कोटेश्वरतर्फको प्रबेशबिन्दुुबाट अबतरण गर्ने क्रममा बिमान चिप्लिंदा दुुईजना यात्रु घाइते भएको बिमानस्थलका एक अधिकारीले जानकारी दिए। उनीहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुु¥याइएको छ।
जहाज चिप्लिएका कारण अहिले बिमानस्थल बन्द गरिएको छ। अहिले बिमानस्थलको आकाशमा ५ वटा जहाज होल्डमा छन्।
बर्षाका कारण राजधानी बाहिरका सबैजसो बिमानस्थल बन्द भएका छन्।